PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

​ट्राफिक प्रहरीको होली एक्सन : १२ घण्टामा २१ सय ५१ सवारी कारवाहीमा



सविन ढकाल

​ट्राफिक प्रहरीको होली एक्सन : १२ घण्टामा २१ सय ५१ सवारी कारवाहीमा

काठमाडौँ : ट्राफिक प्रहरीले होलीको दिन नियम मिचेर सवारी चलाएका २ हजार १ सय ५१ जनालाई कारवाही गरेको छ। जसमा सबैभन्दा धेरै कागजपत्र नबोकेकोमा कारवाहीमा परेका छन्। कागजपत्र साथमा नबोकेका १ हजार २ सय ३० जना कारवाहीमा परेका हुन्।

त्यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाएका ६० जना पनि कारवाहीमा परेका छन्। ट्राफिक प्रहरीले राजधानीका अधिकाशं मुख्य सडकमा चेकजाँच गरेको थियो।
 
ट्राफिक प्रहरीले मोटरसाइकलमा ३ जना सवार भएका २ सय ५७ जनालाइ कारवाही गरेको छ भने ४४ जना तीव्र गतीमा सवारी चलाउनेहरुलाइ पनि कारवाही गरेको छ।

सवारी कसुर संख्या सवारी कसुर संख्या  
मा.प.से ६० लापरवाही संग सवारी चलाएको १७४  
मो.सामा ३ जना सवार २५७ सवारी प्रयोग गरी लोला हान्ने १०  
हेलमेट नलगाउने १४६ कागजपत्र साथमा नभएको १२३०  
तिब्र गति ४४ अन्य कार्वाही २३० जम्मा कारवाही:- २१५१
सवारी साधन नियन्त्रणमा लिईएको र कागजपत्र साथमा नहुने लाई कागजपत्र ल्याएपछि छाडिएको र अन्य कसुरलाई साँझ १८:०० पछि मात्र छाडिएको मानिस नियनत्रणमा नरहेको
 

होलीमा राजधानीमा ३ वटा दुर्घटना भएको छ। जसमा १ जना गम्भीर घाईते भएका छन् भने २ जना सामान्य घाईते भएको ट्राफिक प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
  
हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी चलाउने, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा गर्ने, ठूलो हर्न बजाउने, ठूलो आवाज निकालेर सवारी चलाउने, जिकज्याक गरी चलाउने, मोटरसाइकललाई मोडिफाई गरी चलाएका सवारी साधन नियन्त्रणा लिएका महाशाखाले जनाएक छ ।
 
उपत्यकाका ५३ स्थानमा ट्राफिक प्रहरी अधिकृतको कमान्डमा कम्तीमा तीन जना ट्राफिक प्रहरी गरी २ सय ७९ स्थानमा जाँचको व्यवस्था गरेको थियो।


आइतबार उपत्यकामा सवारी दुर्घटना कम गर्ने उदेश्यले १२ सय १४ प्रहरी खटिएका थिए।
 
जथाभावी लोला फ्याँक्ने, सार्वजनिक ठाउँमा होहल्ला गर्ने र मादक पदार्थ सेवन गर्ने २ सय १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
होली पर्वको अवसरमा यस्ता गतिविधिमा लागेका र झैझगडामा संलग्न उनीहरु काठमाडौंको विभिन्न स्थानबाट समातिएका हुन्। होलीलाई मर्यादित बनाउन र शान्ति सुव्यवस्था कायम राख्न उनीहरुलाई नियन्त्रणमा लिनुपरेको महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले बताए। अहिलेसम्मम काठमाडौंमा होलीलाई लिएर कुनै ठूला घटना नभएको पनि उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell