PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पार्टी छाडेका लोहनीलाई कमल थापाको जवाफ - 'भ्रमको खेती नगरौँ'



पहिलोपोस्ट

पार्टी छाडेका लोहनीलाई कमल थापाको जवाफ - 'भ्रमको खेती नगरौँ'

काठमाडौँ : उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी छाडेका पूर्व राष्ट्रिय अध्यक्ष तथा प्रकाशचन्द्र लोहनीलाई माइक्रो ब्लगिङ साइट ट‍्विटरबाट जवाफ फर्काएका छन्। लोहनीले पार्टी छाड्दै गर्दा थापा माथि पार्टीलाई सत्ता राजनीतिको हतियार बनाएको, एकतापछि सानो झुण्डको रुपमा पार्टी चलाएको लगायतका ११ बुदेँ आरोप लगाएका थिए। थापाले सोमबार बिहानै ट्विट गर्दै लोहनीको धारणाको खण्डन गरेका हुन्। 

थापाले जवाफमा लेखेका छन् - हामी सरकारमा जानु अघि नै राप्रपा सरकारमा थियो। चुनाव सुनिश्चितताका लागि मात्र सरकारमा नैतिक बल दिन सरकारमा सहभागि भएको हो। भ्रमको खेती नगरौँ। 

थापाले संविधान संशोधनको विचाराधिन मुद्दामा राप्रपाले मत नदिने समेत स्पष्ट गरेका छन्। उनले निर्णयार्थ पेश भए विपक्षमा मत हाल्ने समेत लेखेका छन्। 
 






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell