काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसिएल) अन्तर्गत पाँचौं चरणको दोस्रो खेलमा नेपालले केन्यासँग घरेलु मैदानमा खेल्दैछ। टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ। नेपालले यो समाचार तयार पार्दासम्म केन्याको दुई विकेट लिएको छ। दुवै विकेट मेहबुब आलमले लिएका हुन्।
आलमले पहिलो विकेटमा केन्या एलेक्स ओवाण्डालाइ क्याच आउट गराउन सफल भए। त्यस्तै दोश्रो विकेटको रुपमा गोण्डोरियालाइ बोल्ड आउट गराए। आज मेहेबुम फर्ममा देखिएका छन्। उनले ४ ओभर बलिङ गर्दा २ विकेट लिएका छन् ३ मेडन ओभर बलिङ गरेका छन्।
८ ओभरको समाप्तीमा २ विकेट गुमाएर २२ रन बनाएर केन्या ब्याटिङ गरिरहेको छ।
नेपालले शनिबारको आफ्नो टोली आज परिवर्तन गरेको छैन। आज पनि नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गरिरहेका छन्।
.JPG)