PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

सौर्य एयरलाइन्सको दोस्रो जहाज आयो, भैरहवा र धनगढी उडान गर्ने



पहिलोपोस्ट

सौर्य एयरलाइन्सको दोस्रो जहाज आयो, भैरहवा र धनगढी उडान गर्ने

काठमाडौं : नेपालको निजी एयरलाइन्स सौर्यले नयाँ जहाज थप गरेको छ। कम्पनीले एक अर्ब रुपैयाँको लगानीमा जेट इन्जिन भएको जहाज खरीद गरेर नेपाल ल्याएको हो।

'बम्वार्डियर सिआरजे-२००' सिरिजको विमानबाट आन्तरिक उडान गर्ने अध्यक्ष दीपककुमार पोखरेलले बताए। सौर्यको नयाँ विमान आइतबार साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। क्यानडामा निर्माण भएको यो जहाजलाई अमेरिकावाट विदेशी पाइलटले नेपाल ल्याएका हन्।


आन्तरिक उडानमा सौर्य एयरलाइन्स नेपालको एकमात्र जेट इन्जिन भएको जहाज कम्पनी हो। एउटा मात्रै विमान भएकोले सौर्यले चार्टड मात्र गरिरहेको छ। थप जहाज भित्रिएसँगै कम्पनीले अब सेड्युल्ड उडान भर्ने जनाएको छ।कम्पनीले अमरिकावाट अजरबैजानहुँदै काठमाडौं जहाज ल्याएको पोखरेलले बताए।


थप जहाजसँगै कम्पनीले हाल कायम रहेको भाडामा घटाउने उनले बताए। आन्तरिक हवार्इमा सौर्यले प्रतिस्पर्धा गर्ने कम्पनीका मार्केटिङ प्रमुख मुकेश खनालले बताए।
 
जहाज थपिएसँगै नयाँ रुटपनि थपियो 
नयाँ जहाज भित्रिएसँगै कम्पनीले ट्रङ्क रुटमा जहाज उडाउने भएको छ। नेपाली रजिष्ट्रेसन नम्बर '९ एन एलई' कलसाइन भएको विमानबाट कम्पनीले  नेपालगंज, विराटनगर र भद्रपुरमा उडान गरिरहेको छ।


दैनिक चार सय यात्रुलाई सेवा दिइरहेको एयरलाइन्सले अब नयाँ विमान आएसँगै धनगढी र  भैरहवामा उडान गर्नेछ।कम्पनीले तीन महिनाभित्र अर्को सिआरजे-२०० मोडलको विमान ल्याउने सौर्यको योजना रहेको खनालले बताए।
 
८७ फिट लम्बाई र २० फिट अग्लो यो विमानका पखेटाको क्षेत्र भने ६९ फिट छ।यो जहाज ७५ फिटमा टर्निङ गर्न सक्ने कम्पनीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell