काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित कप्तान पारस खड्का स्वास्थ्यका कारण अहिले मैदान बाहिर छन्। एपेन्डिसाइडको अप्रेसन गरेका पारस केन्या विरुद्धको खेलमा मैदानमा उत्रन सकेनन्। तर उनी टोलीमा वैकल्पिक खेलाडीको लिस्टमा छन्।
पारस वैकल्पिक खेलाडीको रुपमा मैदानमा पानी बोकेर प्रवेश गर्ने र कप्तानीमा ज्ञानेन्द्रलाइ सहयोग गर्ने कार्यमा खटिरहेका छन्। पारसको ७७ नंम्बरको जर्सी सुन्तला रंगको कभरले छोपिएको छ। तर उनको जर्सीको नंम्बर बाहिरबाटै देखिन्छ। उनी फिल्डिङ गरिरहेका खेलाडीहरुलाइ समेत सुझाव दिइरहेका छन्। मेहबुब आलमलाइ भेटेरै पारसले पानी मात्र पिलाएनन्। उनले बलिङमा सुझाव समेत दिए।