काठमाडौं: ‘द कलेज एम्बेसडर २०१७' प्रतियोगिताको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ। १७ प्रतिस्पर्धीले आफ्नो कला देखाएका हुन्। प्रतियोगीले नृत्य, गायन, अभिनय, वक्तित्वकला, चित्रकला लगायत बिषयमा आ–आफ्नो ट्यालेन्ट प्रस्तुत गरे।
मिस हेरिटेज तथा फेसन डिजाइनर मञ्जु बन्जार ढकाल, कोरियोग्राफर रिना महर्जन, मेकअफ आर्टिस तथा सामाजिक कार्यकर्ता रस्मी श्रेष्ठ कुटुम्ब ब्याण्डका गायक राजु महर्जन, निर्णय श्रेष्ठ लगायत निर्णायक रहेका थिए।
प्रतियोगीताको यो ९औं संस्करण हो। यसका लागि उपत्यकाका बिभिन्न कलेजका करिब ८० भन्दा प्रतियोगीले अडिसन दिएको आयोजक ग्रिनआर्ट मिडियाका सिइयो प्रविण लाकौरले बताए।
प्रतियोगीहरु समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिभिन्न प्रशिक्षण सहित अन्मित स्पर्धामा उत्रिने तयारीमा रहेको मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन्।
प्रतियोगीताको अन्तिम स्पर्धा आगामी चैत्र ६ गते जमलस्थित नाचघरमा हुनेछ।