PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

निखिल उप्रेतीको 'भिलेन' रुप साउन २० मा सार्वजनिक हुने



पहिलोपोस्ट

निखिल उप्रेतीको 'भिलेन' रुप साउन २० मा सार्वजनिक हुने

काठमाडौं: अभिनेता निखिल उप्रेतीको प्रोडक्शन रहेको फिल्म 'रुद्र' रिलिज मिति तय भएको छ। निर्माण युनिटले फिल्म आउँदो वर्ष साउनको २० गते रिलिज हुने जानकारी दिएको हो।

फिल्ममा निखिल उप्रेती भिलेनको रुपमा प्रस्तुत भएका छन्। फिल्म घोषणा हुँदा निखिलले भनेका थिए,'म हिरो होइन कलाकार हुँ। र एउटा कलाकार भएपछि हिरो र भिलेन दुवै बन्न सक्नुपर्छ।'

निखिल खलनायकको रुपमा देखिने रुद्र पहिलो फिल्म हुनेछ।

रामजी लामिछानेको निर्देशनमा बन्न लागेको फिल्ममा विश्व शर्मा र सारा शिर्पालीले फिल्म इन्डस्ट्रीमा डेब्यु गर्दैछन्। त्यस्तै अन्य कलाकार रोए दीप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेलको पनि फिल्ममा अभिनय रहेको छ।

फिल्म युनिट कात्तिक १ गतेबाट सुटिङका लागि फ्लोरमा उत्रिएको थियो। जोमसोम, नारायणगढ, कोहलपुर र कर्णालीका विभिन्न ठाउँहरुमा खिचिएको निर्माण पक्षले बताएको छ। फिल्मलाई सौरभ लामाले खिचेका हुन्।

काठमाडौंभित्र र बाहिरका लागि गोपाल कायस्थले फिल्म वितरण जिम्मा लिएका छन्। हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्ममा मुख्य सहायक निर्देशक रामशरण पाठक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell