PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

​डलरको भाउ एक सय ६ रुपैयाँको स्तरमा आयो, १५ दिनमा ४ रुपैयाँ बढेको भाउमा बल्ल आयो करेक्सन



पहिलोपोस्ट

​डलरको भाउ एक सय ६ रुपैयाँको स्तरमा आयो, १५ दिनमा ४ रुपैयाँ बढेको भाउमा बल्ल आयो करेक्सन

काठमाडौं : अमेरिकी डलर भाउ फेरि घटेको छ। भारतीय मुद्रा बलियो हुँदै गएपछि त्यसको असर नेपाली रुपैयाँमा परेको हो।

नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको भाउ सोमबारका लागि १०६ रुपैयाँ ८७ पैसा तोकेको छ। गत चैत २३ गते डलरको भाउ अहिलेको अवस्थामा थियो।

त्यसपछि निरन्तर बढेर १०८/९ को हाराहारीमा रहेको डलर फेरि गत भदौ २४ गते १०६ रुपैयाँ ५७ पैसामा झर्यो। त्यसपछि भने डलरको भाउमा सुधार हुन थाल्यो। तर धेरै दिन टिक्न सकेन। डलर कात्तिक २५ गते फेरि १०६ रुपैयाँ ६० पैसामा आएर बस्यो।

त्यसपछि भने डलरको भाउले पछाडि फर्कनु परेको थिएन। कात्तिक २५ गते १०६ रुपैयाँ ६० पैसामा रहेको डलरको भाउ त्यसको १५ दिनभित्र अर्थात मंसिर १० गतेसम्म पुग्दा ११० रुपैयाँ २८ पैसा पुग्यो। त्यसपछि भने डलरको भाउ बृद्धिमा ब्रेक लागेको थियो।

तैपनि डलर लामो समयसम्म १०८ रुपैयाँको हाराहारीमै टिकिरह्यो। तर केही दिनयता डलरको भाउ झरेर १०६ रुपैयाँकै स्तरमा आएको हो।

डलरको भाउ घट्दा आयातमुखी नेपाली अर्थतन्त्रलाई राहत हुन्छ। रेमिटेन्स आयमा भने यसले नकारात्मक असर पार्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell