PahiloPost

Jul 3, 2025 | १९ असार २०८२

पर्यटन राज्यमन्त्री इन्द्र बाँनियाको सरुवा : अब गृहराज्यमन्त्री



पहिलोपोस्ट

पर्यटन राज्यमन्त्री इन्द्र बाँनियाको सरुवा : अब गृहराज्यमन्त्री

काठमाडौँ : पर्यटन राज्यमन्त्री इन्द्र बानियाँको गृहराज्यमन्त्रीमा सरुवा भएको छ।

राजनीतिक शक्ति सन्तुलन मिलाउन पर्यटनमन्त्री जीवनबहादुर शाहीको खानेपानी तथा सरसफाइ मन्त्रालयमा सरुवा भएपछि पर्यटन राज्यमन्त्री इन्द्र बानियाँ पोर्टफोलियोविहीन भएका थिए। 

आजै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरी बानियाँलाई गृह मन्त्रालय तानेका हुन्। केही दिनका लागि आजै नयाँ दिल्ली जाँदै गरेका निधिले गृहमन्त्रालयको नेतृत्व बानियाँलाई दिँदैछन्। 

मकवानपुर क्षेत्रनम्बर  एकबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद बानियाँ २०७० सालमा पहिलोपटक सांसद निर्वाचित भएका हुन्। 

नेपाली कांग्रेसमा खुमबहादुर खड्का निकट रहेर राजनीति गरेका बानियाँ कांग्रेसभित्रको शक्तिसन्तुलनमा खुमबहादुरको प्यानलबाट राज्यमन्त्री बनेका हुन्। (फोटो : इन्द्र बानियाँको फेसबुकबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell