PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

नेपाललाई केन्याद्वारा १ सय ५६ रनको लक्ष्य, शरद्ले लिए ४ विकेट



पहिलोपोस्ट

नेपाललाई केन्याद्वारा १ सय ५६ रनको लक्ष्य, शरद्ले लिए ४ विकेट

काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी दोश्रो खेलमा केन्याले नेपाललाई जीतका लागि १ सय ५६ रनको लक्ष्य दिएको छ। त्रिभुवन विश्वविद्यालयको किर्तिपुर स्थित मैदानमा भएको खेलमा टस हारेर केन्या ब्याटिङमा उत्रिएको थियो। 

४६ ओभर १ बलमा केन्याले सबै विकेट गुमाउँदै १ सय ५५ रन जोडेको हो।

केन्याका लागि कोलिन्स ओबुयाले सर्वाधिक ४८ रन जोडे। त्यस्तै ओपनर इरफान करिमले ३८ तथा कप्तान राकिप पटेलले २१ रन बनाए।  

केन्याका लागि करिम र ओबुयाले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए। 

नेपालका लागि शरद् भेषावकरले ४ विकेट लिए। त्यस्तै मेहबुब आलम र बसन्लेत रेग्मीले २/२ विकेट लिए। ७ ओभर बलिङ गरेका आलमले ५ ओभर मेडन राख्दै ११ रन मात्र खर्चे।

सन्दिप लामिछाने र सागर पुनले १/१ विकेट लिए। नेपाली खेलाडीहरुले चुस्त फिल्डिङ गरेका थिए।



 







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell