PahiloPost

Jul 3, 2025 | १९ असार २०८२

प्रियंका चोपडा र सिक्किम पर्यटन मन्त्रालयको सहकार्यमा नेपाली भाषाको फिल्म



पहिलोपोस्ट

प्रियंका चोपडा र सिक्किम पर्यटन मन्त्रालयको सहकार्यमा नेपाली भाषाको फिल्म

बलिउड अभिनेत्री प्रियंका चोपडको निर्माण रहने भनिएको नेपाली भाषी फिल्म 'पाहुना'ले सिक्किमको पर्यटन मन्त्रालयसँग सहकार्य गर्ने भएको छ। बलिउड हंगामाले जनाए अनुसार सिक्किमका मुख्य मन्त्री पवनकुमार चाम्लिङले प्रियंकाको फिल्म निर्माण कम्पनी पर्पल पेबलसँग संयुक्त रुपमा फिल्म निर्माण गर्ने बताएका हुन्।

पर्पल पेबलको ब्यानरमा बन्न लागेको फिल्म 'पाहुना'मा राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग्गिएका तीन नेपाली बालबालिकाको कथा उठाउने बताइएको छ। फिल्म पाखी ए टायरवालाको निर्देशनमा बन्दै छ। फिल्म युनिट मार्चको पहिलो साता सुटिङका लागि फ्लोरमा निस्कएको समेत बताइएको छ। फिल्मको पुरै छायांकन सिक्किममै हुँदैछ।

फिल्मको मुख्य भूमिकामा हास्य टेलिश्रिङ्खलाबाट कलाकारितामा डेब्यु गरेकी सिक्किमकी मन्जु केसी क्षेत्री देखिदै छिन्। उनीसँगै सिक्किमका अन्य पाँच कलाकार लागि चयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell