PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

‘शोले’ फिल्मको एउटा दृश्य सुटिङ गर्न किन तीन वर्ष लाग्यो?



पहिलोपोस्ट

‘शोले’ फिल्मको एउटा दृश्य सुटिङ गर्न किन तीन वर्ष लाग्यो?

सन् १९७५ मा आएको रमेश सिप्पीको 'शोले' फिल्मले बलिउड सिने जगतलाई निकै समृद्ध बनाउनुका साथै यसले अमिताभ बच्चन र धर्मेन्द्रजस्ता अभिनेताको फिल्मी करियरमा नयाँ उचाइ प्रदान गर्‍यो। 

अमिताभ बच्चनका अनुसार  'शोले' को एउटा दृश्य सुटिङ गर्न तीन वर्ष लाग्यो। यो दृश्यलाई निकै मेहेनेत गरेर सुटिङ गरिएको अनुभव उनी सुनाउँछन्। यसमा जया बच्चन साँझको समयमा घरको ग्यालरीमा लालटिन बाल्न जान्छिन्।

बच्चन भन्छन्, 'यही दृश्यमा अर्कोतिर म माउथ हार्मोनियम बजाइरहेको हुन्छु, त्यही दृश्यका लागि रमेशजीले ३ वर्ष समयको लिए, किनभने सुटिङमा हरेक चोटी केही न केही अवरोध आइ नै रहन्थ्यो।' 

फिल्म निर्माणमा समय लागे पनि उत्कृष्ट फिल्म बनाउने सबैको ध्येय भएको अमिताभ बताउँछन्। उनी भन्छन्, 'शोलेको त्यो दृश्य सुटिङ गर्नका लागि जुन किसिमको लाइटको आवश्यकता थियो त्यसको वातावरण बनिरहेको थिएन, किनभने साँझ सधैँ सूर्यास्त हुने गर्दथ्यो। सधैँको प्रयास निरर्थक हुने गर्दथ्यो। रमेशजीले जबसम्म मलाई त्यो लाइट प्राप्त हुँदैन तबसम्म म त्यो दृश्य सुटिङ गर्ने छैन भनेर वाचा गरेका थिए। त्यसैले हामीलाई त्यो लाइटमा उक्त दृश्यको सुटिङ गर्न पुरै ३ वर्ष लाग्यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell