
भारतको लखनउमा प्रहरी मुठभेडमा एक जनाको मृत्यु भएसँगै पून इन्टरनेटमा सुरक्षा संगठनले गर्ने जासुसी विवादमा तानिएको छ। लखनउमा भारतको मध्यप्रदेश र उत्तरप्रदेश प्रहरीको संयुक्त कारवाहीमा सैफुल्ला नामका एक युवकको मृत्यु भएको थियो।
उनको मृत्युसँगै मध्य प्रदेशको प्रहरीले संगठनले सैफुल्लाको इन्टरनेट र मोबाइलको गतिविधी सुरक्षाकर्मीको निरगानीमा रहेको बताएपछि पून विवाद शुरु भएको हो। उत्तर प्रदेशको प्रहरीले सैफुल्लाको आइएसको सदस्य भएकोबारे कुनै ठोस प्रमाण फेला नपरेको सार्वजनिक भएपछि भारतमा विवाद थप चुलिएको हो।
भारतीय जाँच एजेन्सीले सैफुल्ला र उनको आइएससँगको सम्बन्धबारे अनुसन्धानमै छ। तर यो घटनाले आम नागरिकले प्रयोग गर्ने मोबाइल र ल्यापटप सुरक्षा संगठनको निगरानीमा रहेको भने सार्वजनिक भयो। यसले मोबाइल र इन्टरनेटका हरेक प्रयोगकर्ताको गतिविधि सुरक्षा संगठनका सदस्यको पहुँचमा रहेको देखायो।
सामाजिक संगठनहरुले यसलाई ब्यक्तिको स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै विरोध गर्दै आएका छन्। तर सुरक्षा संगठनले यसलाई छाडेका छैनन्। नेपालमा समेत अनुसन्धानमा नेपाल प्रहरीले ब्यक्तिको मोवाइल कल विवरण आफु अनुकुल निकाल्ने गरेका थिए। त्यसको दुरुययोगको जोखिम बढेपछि अदालतले आफ्नो अनुमतीपछि मात्रै यस्ता विवरण संकलन गर्न सक्ने आदेश दिएको थियो।
कसरी हुन्छ इन्टरनेटबाट जासुसी

बढ्दो सुरक्षा चुनौतीसँगै हरेक सुरक्षा एजेन्सीले अहिले आफु अनुकुल सूचना संकलन र अनुगमनका लागि इन्टरनेटलाई कुनै न कुनै रुपमा प्रयोग गर्ने गरेको यस अगाडि पनि सार्वजनिक भएकै विषय हो। भनिन्छ अमेरिकाको सुरक्षा एजेन्सीले त २४ सैं घन्टा इन्टरनेट प्रयोगकर्ताको निगरानीमा हुन्छ।
यही निगरानीका कारण विश्वभर सक्रिय आतंकवादी संगठनको गतिविधी जानकारी पाउन सहज भएको र यसले ठुला घटना रोक्न सुरक्षा संगठन सफल भएको उनीहरुको दावी छ।
साइबर सुरक्षाबारे जानकार प्रशान्तो रायले बिबिसिहिन्दीलाई दिएको जानकारी अनुसार इन्टरनेटमा प्रयोग गरिने शब्दका आधारमा को के गरिरहेको छ भन्ने सहजै जानकारी संकलन गर्न सकिन्छ।
इन्टरनेटको प्रयोग गरेर गरिने कुराकानी होस् या अन्य गतिविधि ध्वनि र शब्द दुबै प्रकृयाका गतिविधी सहजै चाल पाउने गरी सुरक्षा संगठनहरुले किवर्ड तयार पारेका हुन्छन् जसलाई छल्न सम्भव छैन। उनका अनुसार यो केवल लेख्ने शब्दमा मात्रै हैन कुराकानीमा समेत लागु हुन्छ। एन्टिक्रप्टेड च्याट ग्रुपभित्र प्रवेश गर्न भने अझै गार्हो रहेको उनले बताए।
तर अमेरिकाको राष्ट्रीय सुरक्षा एजेंसीले यसको हल खोज्दै एन्टिक्रिप्टेड डाटाभित्र प्रवेश गर्ने गरेको दावी गरिदै आएको छ।
.jpg)