PahiloPost

Jul 3, 2025 | १९ असार २०८२

​बंगलादेशमा हुने इमर्जिङ कपमा पारस खड्का नखेल्ने



पहिलोपोस्ट

​बंगलादेशमा हुने इमर्जिङ कपमा पारस खड्का नखेल्ने

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमिति कप्तान पारस खड्काले एसीसी इमर्जिङ कप क्रिकेट नखेल्ने भएका छन्। एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको वार्षिक क्यालेन्डर अनुसार प्रतियोगिता आउँदो मार्च २५ देखि बंगलादेशमा हुदैँछ।

केन्यासँगको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै पारसले आफू स्वास्थ्य लाभ गरिरहेकाले प्रतियोगिता नखेल्ने बताएका हुन्। केन्यासँगको खेलमा पनि आफूलाई बस्न आग्रह गरिएकाले वैकल्पिक खेलाडीको रुपमा सहभागि भएको पारसले बताए। 'तिमी ड्रेसिङ रुमा बसेपनि मोरल बस्टुअप हुन्छ भनेकाले ओके भनेको हुँ', पारसले भने, 'पर्सनल्ली इमर्जिङ कपमा म पार्ट अफ द गेम हुन्न। मैले म्यानेजमेन्टलाई पनि भनिसकेँ।'

पारसले आफूनो स्वास्थ्यबारे प्रत्येक दिन मुल्याङ्कन गर्ने तयारी भएपनि अहिले रिस्क नलिने निर्णयमा पुगेको बताए। एपेण्डिसाइडको अप्रेसनस गरेपछि पारस अहिले राष्ट्रिय क्रिकेट टोलीबाट बाहिर छन्।

इर्मजिङ कपमा नेपालसहित, अफगानिस्तान, हकङङ र युएईका राष्ट्रिय टोलीको सहभागिता हुनेछ भने एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको यु २३ टोलीले भाग लिनेछन्। प्रतियोगिता ५० ओभरको हुनेछ।

टेष्ट खेल्ने टीमले राष्ट्रि टीमका चार खेलाडीसहित यु २३ खेलाडीहरु समेटेर टीम बनाउनेछन् भने अन्य चार एसोसिएट मेम्बरको राष्ट्रिय टोली नै सहभागि हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell