PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

​ट्रेन्डिङ नम्बर १ मा 'भद्रगोल'



पहिलोपोस्ट

काठमाडौं: हास्य टेलिश्रृंखला 'भद्रगोल' नेपालका लागि युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ। अपलोड भएको पहिलो दिनदेखि नै नेपाल टेलिभिजनबाट प्रशारण हुने सो टेलिशृङ्खला ट्रेन्डिङमा बसेको हो।

मार्च १० मा युट्युबमा राखिएको होली विशेष भद्रगोल सोमबारसम्ममा  ५ लाख २२ हजार भन्दा बढी पटक हेरिएको छ।

मिडिया हबको आन्तरिक समस्याका कारण केही समय बन्द भएको भद्रगोल पुन: प्रसारणमा आएको हो। युट्युबमा राखिएका अधिकांश भाग ट्रेन्डिङमा रहँदै आएको छ।

टेली श्रृङ्खलालाई शंखर आचार्यले निर्देशन गर्दै आएका छन्। सो हास्य कार्यक्रममा कुमार कट्टेल, अर्जुना घिमिरे, कमलामणि नेपाल, रक्षा श्रेष्ठ, रश्मी पाण्डे, सागर लम्साल, हरि निरौलालगायतको मुख्य अभिनय रहेको छ।

ट्रेन्डिङ भिडियो यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell