PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

हङकङमा 'नेपथ्य हंगकंग साँझ’ सम्पन्न



पहिलोपोस्ट

हङकङमा 'नेपथ्य हंगकंग साँझ’ सम्पन्न

हङकङमा नेपाली सांगीतिक कार्यक्रममा सम्पन्न भएको छ। 'नेपथ्य हंगकंग साँझ’ नाम दिइएको कार्यक्रममा नेपाली संगीत ब्यान्ड ‘नेपथ्य’ले विशेष प्रस्तुती दिएको हो। आइतबार युन लुंग थिएटरमा कार्यक्रम आयोजना गरिएको थियो।



कार्यक्रमलाई होली केन्द्रित बनाउँदै ब्यान्डका गायक अमृत गुरुङले भने,‘आज होलीको दिन म तपाइँहरुसँग रंग खेल्नको निम्ति आइपुगेको छु। शब्द र संगीतको यो रंगमा उता नेपालको माया भरिएको छ।’



तमु ट्हो ह्युलले आयोजना गरेको ‘आठौं रोदी साँझ’ को यो प्रस्तुतीमा नेपथ्यका नयाँ पुराना गीतहरुको मिश्रण थियो।

दुई घन्टा लामो कार्यक्रममा नेपथ्यले नयाँ गीतहरु प्रस्तुत गर्‍यो। कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।



नेपथ्यको आगामी प्रस्तुती अब पोखरामा चैत २६ गते हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell