PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

मोर्चाको निर्णयले छोएन पर्साको होलीलाई  : होलीको उल्लास १० फोटोमा

मोर्चाको निर्णयले छोएन पर्साको होलीलाई : होलीको उल्लास १० फोटोमा

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगञ्ज : नेकपा एमालेको मेची-महाकाली यात्राको क्रममा राजविराजमा भएको झडपमा पाँच जनाको मृत्यु भएपछि मधेसी मोर्चाले फागुपूर्णिमा नमनाउने घोषणा गरे पनि पर्सामा त्यसको प्रभाव देखिएन। फागुपूर्णिमाको भोली पल्ट तराईमा होली मनाइन्छ।

होलीको पूर्वसन्ध्यामा तराईवासीले सम्बत जलाउने गर्छन ।

आइतबार साझ सम्बत जलाउने तिथि परेको थियो। चोकचोकमा सम्बत जलाएर खरानीको टिका लगाएसँगै तराईमा होली शुरु भएको थियो।
तराईको अन्य सहर भन्दा वीरगन्जको होलीको छुटै विशेषता छ। यहाँका बासिन्दा भोजपुरा सस्कृति अनुसार होली खेल्ने गर्छन्। होलीको दिन मासुका परिकार, मालपुवा, पकौडा बनाएर आफन्तलाई घरमा बोलाएर खुवाउने गरिन्छ ।

इष्टमित्र तथा पाहुनासँग अबिर रंग लगाएर आर्शिवाद तथा स्नेह थाप्ने गरिन्छ। 

पर्साको ग्रामिण भेगमा होलीको शहर भन्दा भिन्नै चहलपहल छ। गाउँमा सबैलाई चिन्ने र घुलमिल हुन सक्ने भएकोले होलीको उल्लास बढि देखिएको हो। होलीमा पारम्परिक गितसंगीत लोप हुदै गए पनि युवाहरु डिजे साउन्ड सिस्टममा भुमिरहेका देखिए।
 


ट्रेन्डिङ पोस्ट

Ncell