PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

अब अमेरिकी बोइङका जहाज चीनमा बन्ने, एकवर्षमा एक सय वटा जहाज उत्पादन गर्ने सम्झौता



पहिलोपोस्ट

अब अमेरिकी बोइङका जहाज चीनमा बन्ने, एकवर्षमा एक सय वटा जहाज उत्पादन गर्ने सम्झौता

काठमाडौं : अमेरिकी जहाज निर्माता कम्पनी बोइङ र चिनियाँ एभिएसन म्यानुफ्याक्चरर कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना लिमिटेड (सिओएमएसी) बीच बोइङको ७३७ मोडेलको जहाज उत्पादन गर्ने सम्झौता भएको छ।

चीनको पूर्वी राज्य झुसान सिटीमा रहेको सिओएमएसीको कारखानामा जहाज बनाउने सम्झौता भएको छ।

सिओएमएसीले सन् २०१८ भित्र जहाज हस्तान्तरण गर्ने सिन्हवाले जनाएको छ।

यो बोइङ ७३७ मोडेलको जहाज पहिलो पटक अमेरिका बाहिर निर्माण हुने जहाज हुनेछ र आगामी वर्ष सन् २०१८ मा एकसयवटा जहाज निर्माण गर्नेछ।

बोइङ र सिओएमएसीको ज्वाइन्ट भेन्चर सेन्टरमा बोइङको ७५७ मोडेलको जहाजको निर्माण,  जडान तथा मनोरन्जन सिस्टम र सिटहरुको इन्स्टल हुनेछ।

यसअघि सन् २०१६ मा उक्त जहाज निर्माणका लागि  कारखाना स्थाापना गर्न सहमतीको हस्ताक्षर भएको थियो। कम्पनीले जहाज निर्माण गर्ने उक्त क्षेत्रको पुटोसान एयरपोर्टको क्षमता विस्तारका लागि १०८ मिलियन डलर खर्च गर्ने जनाएको छ।

कम्पनीले यही मार्च महिनाबाट निर्माण सुरु गर्ने र उक्त क्षेत्रलाई एयरक्राफ्टको औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने जनाएको छ। ज्वाइन्ट भेन्चर कम्पनीले सन् २०२५ भित्र कारखानाबाट वार्षिक छ सयवटा एयरक्राफ्ट निर्माण गर्ने लक्ष्य राखेको छ। -सिन्हा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell