PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

बाबुराम भट्टराई आज भारत जाँदै, दिल्लीमा हुनेछ राजनीतिक भेेटघाट



पहिलोपोस्ट

बाबुराम भट्टराई आज भारत जाँदै, दिल्लीमा हुनेछ राजनीतिक भेेटघाट

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई आज भारत जाँदैछन्।
 
इण्डिया फाउन्डेसनको आयोजनामा दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन उनी आज दिउँसो साढे ३ बजे दिल्ली प्रस्थान गर्ने भएका हुन्। मार्च १४ देखि १६ सम्म हुने सम्मेलनमा भट्टराईले १५ मार्चमा सम्बोधन गर्ने भएका छन्। ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।

त्यस्तै १९ मार्चमा नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गर्ने नेपालीहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुनेछन्। दिल्लीमा रहेका नेपालीहरुसँग पनि भेटघाटको कार्यक्रम तय गरिएको छ। 
 
दिल्लीमा रहँदा भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग भेटघाट गरी उनी २१ मार्चमा नेपाल फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell