PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु



रासस

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

इटहरी : धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५८ नंको ट्रकले विपरीत दिशातिर जाँदै गरेको बा ५० प ३५०१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुई जनाको ज्यान गएको छ। 

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गए राति अवेर इटहरीको तरहरा उत्तर पानीपिया भन्ने स्थानमा भएको उक्त घटनामा धरान निवासी २५ वर्षीय दिवस राई र २३ वर्षीया इरो बान्तवा राईको मृत्यु भएको छ। उक्त घटनामा सोही मोटरसाइकलमा यात्रारत राजु मगर भने गम्भीर घाइते भएका छन्। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

दुर्घटना गर्ने ट्रक र त्यसका चालकलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रारम्भ गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell