
चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर युनाइटेडलाई अन्तिम क्वाटरफाइनलमा सोमबार पराजित गर्दै चेल्सीले अन्तिम चारमा स्थानमा बनाएको हो।
१० खेलाडीमा झरेको युनाइटेडलाई घरेलु चेल्सीले घरेलु मैदानमा १-० ले पराजित गर्यो। स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि एन गोलो कान्टेले निर्णायक गोल गरे।
खेलको ३५ औं मिनेटमा दोहोरो पहेँलो कार्ड बेहोर्दै आन्द्रे हेरेरा मैदान बाहिरिएपछि युनाइटेड ज्ञण् खेलाडीमा झरेको थियो। त्यसका बावजुत पनि युनाइटेडले चेल्सीलाई पहिलो हाफमा बराबरीमै रोक्यो। तर दोस्रो हाफमा चेल्सीले एक खेलाडी कम हुनुनको फाइदा उठायो।
५१ औं मिनेटमान कान्टेले गोल गर्दै चेल्सीलाई अग्रत दिलाए। अन्तत उक्त गोल नै चेल्सीको जितमा निर्णायक बन्यो।
जितसँगै चेल्सीले युनाइटेड विरुद्धको अपराजित खेल यात्रा ११ पुर्याएको छ। २०१२ अक्टोबरदेखि चेल्सीले युनाइटेडसँग हार बेहोरेको छैन।
चेल्सीले अब फाइनल प्रवेशका लागि टोटनहम हट्सरपरसँग खेल्नेछ। यस्तै अर्को सेमिफाइनल आर्सनल म्यानचेष्टर सिटीबीच हुनेछ।