PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल पुनःसञ्चालनमा



पहिलोपोस्ट

दुनै (डोल्पा) : भारी हिमपातका कारण पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल आजदेखि पुनः सञ्चालन भएको छ।
 
उक्त विमानस्थल भारी हिमपातका कारण दुई फिटसम्म हिउँ जमेर हिलो भएपछि अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ।
 
विमानस्थलमा हवाई सेवा लिन पुगेका सयौँ बिरामीको समस्यालाई ध्यानमा राखी छिटो विमानस्थल सञ्चालन गर्न जमेको हिउँ डोजरबाट हटाइएको थियो। मौसममा सुधार आएसँगै लगातार दुई दिनसम्म लागेको घामले बाँकी हिउँ र हिलो सुकेपछि विमानस्थल पुनःसञ्चालन भएको हो।
 
यातायातको एक मात्र साधनका रुपमा रहेको विमानस्थलमा हवाई सेवा सञ्चालन भएपछि हप्तौँदेखि विमानस्थलमै अलपत्र परेका सर्वसाधारण पालो कुर्दै गन्तव्यसम्म जान थालेका छन्।
 
विमानस्थल सञ्चालन भएसँगै दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सहज भएको व्यापारीले बताएका छन्। आज तारा एयरलायन्सले मात्रै नेपालगन्जदेखि एउटा उडान भरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell