PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

दिल्लीमा नेपाली मूलकी महिलाको सामूहिक बलात्कार



पहिलोपोस्ट

दिल्लीमा नेपाली मूलकी महिलाको सामूहिक बलात्कार

भारतको दिल्लीमा नेपालीमूलकी एक महिलाको सामूहिक बलात्कार भएको छ। दिल्लीको पाण्डव नगरमा पाँच जनाले महिलाको बलात्‍कार गरेका हुन्। प्रहरीले सबैलाई पक्राउ गरेको छ।

पाण्डवनगरको एक फ्ल्याटमा महिलालाई जवर्जस्ती रक्सी खुवाएर पाँच जनाले बलात्कार गरेका हुन्। बलात्कारपछि ती महिलालाई कोठामा बन्द गरेर पाँचै जना हिँडेका थिए। पुन: बलात्कार हुनबाट जोगिन महिला फ्ल्याटबाट बाहिर निस्किएर हाम फालेकी थिइन्। फ्ल्याटबाट तल खस्दा उनको खुट्टा भाँचिएको थियो भने उनी नग्न अवस्थामा थिइन्।

उनले आफूमाथि भएको घटनाबारे नजिकैका व्यक्तिलाई जानकारी गराएपछि उनले प्रहरीलाई खवर गरेका थिए। बिबिसी हिन्दीका अनुसार स्वास्थ्य परीक्षणमा महिलाको बलात्कार भएको पुष्टि भएको छ।

ती महिला दक्षिणी दिल्लीको मुनिरका भन्ने स्थानमा २ जना बच्चासँगै बस्दै आएकी थिइन्। पक्राउ अभियुक्तहरु कल सेन्टरमा काम गर्थे भने पाँचमध्ये एक जना महिलाको परिचित नै थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell