PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

प्रधानमन्त्रीले ललितपुर महानगरपालिका कार्यालय उद्घाटन गरेर स्थानीय तह काम सुरु गराए



पहिलोपोस्ट

प्रधानमन्त्रीले ललितपुर महानगरपालिका कार्यालय उद्घाटन गरेर स्थानीय तह काम सुरु गराए

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर महानगरपालिका पुगेर स्थानीय तह कार्यालयको शुरुवात गरेका छन्। उनले उद्घाटन गरेर सबै ७ सय ४४ स्थानीय तहको कार्यालयको एकै पटक काम शुरु गराएका हुन्।

यस अघि उपमहानगरपालिका रहेको ललितपुरमा महानगरपालिकाको बोर्ड राखेर प्रधानमन्त्रीले उद्घाटन गरेका थिए। गत शुक्रबार सरकारले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशित भएपछि स्थानीय तह कार्यान्वयननमा आए पनि कामको प्रारम्भ भएको थिएन।

कार्यान्वयनसँगै यस अघिका गाउँ विकास समितिका कार्यालय कोही गाउँ पालिका केन्द्र र वडा कार्यालयमा रुपान्तर भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell