PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

हिमपातले मनाङमा पर्यटक अलपत्र



पहिलोपोस्ट

मनाङ : गत मङ्गलबार परेको बाक्लो हिमपातका कारण स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन्। 

हिमपातका कारण बाटो अवरुद्ध भएपछि पर्यटक आफ्नो गन्तव्यमा पुग्न पाएका छैनन्। अन्नपूर्ण पदमार्ग हुँदै यहाँ आइपुगेका पदयात्री यतिखेर हिउँमा लड्दैपड्दै ओहोरदोहोर गरिरहेका छन्। 

बाटोमा हिउँ पन्छाउँदै पर्यटक आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन्। हिउँ पर्न रोकिए पनि ठाउँठाउँमा गएको हिमपहिरोका कारण बाटो अवरुद्ध भएको छ। हिउँसँगै ढुङ्गा खस्दा तथा रुखका हाँगा भाँचिएपछि यात्रा गर्न कठिनाइ भएको पर्यटकले बताएका छन्। 

बाक्लो हिमपातपछि ठाउँठाउँमा पहिरो जाँदा पैदलयात्रा जोखिम हुनपुगेको पर्यटकले बताएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell