PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

श्रीदेवी फेरि आमाको भूमिकामा देखिने



पहिलोपोस्ट

 श्रीदेवी फेरि आमाको भूमिकामा देखिने

सन् २०१२ मा आएको 'इंग्लिश विंग्लिश' हिन्दी फिल्ममा एक आत्मविश्वासी महिलाको भूमिका निभाइसकेकी श्रीदेवी फेरि आमाको भूमिकामा देखिने भएकी छिन्। 

उनले हालै सामाजिक सञ्जालमा आफ्नो नयाँ आउने फिल्म 'माँ' को पोस्टर सेयर गरेकी छिन्। पोस्टरमा श्रीदेवीको भूमिका निकै शक्तिशाली देखिन्छ। 

यो फिल्मको डाइरेक्सन रवि उद्यवारले गरिरहेका छन् भने यसको प्रोड्युस श्रीदेवीका पति प्रोड्युसर बोनी कपूरले गरिरहेका छन्। 

फिल्ममा श्रीदेवीको साथमा अक्षय खन्ना, अभिमन्यु सिंह, पितोबाश त्रिपाठी पनि रहेका छन्। साथै यस फिल्ममा अभिनेता नवाजुद्दीन सिद्दीकी पनि कैमियो रोलमा देखिनेछन्। 

यो फिल्मको १४ जुलाईमा रिलिज हुँदैछ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell