PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

बिहीबारदेखि 'मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव'



पहिलोपोस्ट

बिहीबारदेखि 'मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव'

काठमाडौं: बिहीबार मार्च १६ बाट 'मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव' सुरु हुने भएको छ। मानवअधिकार चलचित्र केन्द्र र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा महोत्सवको पाँचौं संस्करण हुने भएको हो।

'मेरो पनि अधिकार' छ भन्ने मूल नाराका साथ हुने चार दिन लामो महोत्सव काठमाडौं नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न हुनेछ। आयोजकका अनुसार प्रदर्शन हुने फिल्महरुले मानवता र मानवा अधिकारसँग जोडिएका विषय समेटेको कथा बोक्नेछ। कार्यक्रम संयोजक पाण्डव खत्रीले भने, 'हामीले यो पटक नारासहित महोत्सव आयोजना गर्नुको उद्देश्य फिल्ममा मानवअधिकारको विषय उठानलाई महत्त्व दिनु हो।' 

नेपाली फिल्म इन्डस्ट्रीलाई अन्तराष्ट्रियकरण गर्नु नै महोत्सवको मुख्य उदेश्य रहेको आयोजकको दाबी छ।

महोत्सवमा ३८ देशबाट ९९ सय फिल्म प्रदर्शन हुने जानकारी दिइएको छ। नेपाल, भारत, बंगलादेश, पाकिस्तान, इजरायल, इरान, इराक, स्पेन, अमेरिका, सिरिया, फ्रान्स, टर्की, रोमानिया, जोर्डन, ब्राजिल, जर्मनीलगायत देशको सहभागिता रहने छ।

मार्च १९ सम्म हुने महोत्सवमा फिक्शन, नन-फिक्शन, डकुमेन्ट्री आदि प्रदर्शन हुने बताइयो। फिल्म महोत्सवको उद्घाटन देवकी विष्टको निर्देशनमा बनेको डकुमेन्ट्री 'इन सर्च अफ देवकी'को प्रदर्शनबाट हुनेछ। त्यस्तै समापन भने ज्योती केशर सिंहाको 'भुसको लोग्ने' प्रदर्शनबाट हुनेछ। बाह्र नेपाली फिल्मले महोत्सवमा सहभागिता जनाएका छन्।

प्रदर्शन भएका फिल्महरु मध्य ४ फिल्मले 'राइनो अवार्ड'ले सम्मानित हुने आयोजकले जानकारी दिए। उत्कृष्ट चार फिल्म चयनका लागि नेपाली फिल्म निर्देशक तुलसी घिमिरे, भारतिय फिल्मकर्मी गिरीश कसरावल्ली, बङ्गलादेशका फिल्म क्रिटिक्श मुजताबा जमाल र डच फिल्म निर्माता क्लेमेन्टाइन एडरेभेन जुरी रहने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell