PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

हवाई आक्रमणमा परी अफगानिस्तानमा दश हक्कानी लडाकूको मृत्यु



पहिलोपोस्ट

हवाई आक्रमणमा परी अफगानिस्तानमा दश हक्कानी लडाकूको मृत्यु

काबुल : अफगानिस्तानको पाक्टिका प्रान्तको पूर्वी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा सोमबार कम्तीमा १० जना हक्कानी लडाकूहरुको मृत्यु भएको छ। 

गृहमन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार सोमबार साँझ हक्कानीका एकजना उच्च तहका कमाण्डर र अरु नौजना लडाकू मारिनुका साथै दुईजना घाइते भएका छन्। 

घटनामा मारिनेहरुको विस्तृत विवरण सुरक्षा निकायले अहिलेसम्म सार्वजनिक गरेको छैन। घटनास्थल राजधानी काबुलदेखि १५५ किलोमिटर दक्षिणतर्फ पर्दछ। 

तालिवानी समूहसँग नजिक रहेका हक्कानी लडाकूहरुले अफगानिस्तानको राजधानी काबुल र पूर्वी राज्यहरुमा आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएका छन्। उनीहरुले विषेशगरी सुरक्षा निकायका उच्च पदाधिकारीहरुलाई बढी आक्रमण गर्ने गरेका छन्। 

आक्रमणका कारण ठूलो मात्रामा विस्फोटक पदार्थ, लाइट आदिसहित दुईवटा सवारी साधन नष्ट भएको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलले सरकारविरोधी गतिविधि गरिरहेका समूहहरुका विरुद्धको सुरक्षा कारबाही चलाइरहेको छ। 

हक्कानी समूहलाई संयुक्त राष्ट्रसङ्घले सन् २०१२ देखि आतङ्कारीको सूचीमा राखेको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell