
काठमाडौं : ह्युण्डाई ओपन गल्फ टुर्नामेन्ट २०१७ आगामी शनिबार गोकर्ण गल्फ क्लबमा हुने भएको छ।
ह्युण्डाईको एक मात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीको आयोजनामा हुने उक्त एक दिने प्रतियोगिता १८ होलमा खेलाइनेछ।
सय जना गल्फरहरुले सहभागिता जनाउने अनुमान गरिएको प्रतियोगिता स्टेबल फर्म्याट ३ बाई ह्यान्डीक्यापको आधारमा सञ्चालन हुनेछ।
यस्तै होल इन प्रतियोगिताको मुख्य आकर्षकको रुपमा रहेको छ भने होल इन वन गर्नेलाई ह्युण्डाई ग्राण्ड आई १० गाडी दिने पनि आयोजकले जानकारी दिएको छ।
टुर्नामेन्टका टाइट लविनर, फस्ट रनर अफ, सेकेण्ड रनरअफ, बेस्ट ग्रोस, लेडिज विनर, सिनियर विनर ६० वर्ष माथि जुनियर विनर १७ वर्ष मुनी, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन, मोस्ट बर्डिज क्याटेगोरी र ह्युण्डाई ओनर्स विनरलाई पनि पुरस्कार प्रदान गरिनेछ।
यस पटक विनरहरुले प्राप्त गर्ने पुरस्कार विगतमा भन्दा भिन्न रहेको र सरप्राइज रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलका सिनियर ब्राण्ड म्यानेजर अवाशिस ओझाले बताए।
सन् २०१२ बाट सुरु भएको ह्युण्डाई गल्फ टुर्नामेन्टको यो सातौं संस्करण हो।
स्पोर्ट्स र प्लेयरहरुलाई उत्प्रेरण प्रदान गर्न गल्फ प्रतियोगिताको आयोजना गर्दै आएको पनि ओझाले बताए। 'टुर्नामेन्ट कम्पिटेटिभ, एक्सटाइटिङ एण्ड इन्टरटेइनिङ हुनेछ।'
यस्तै गोकर्ण गल्फ क्लबका सिनियर डिरेक्टर दीपक आचार्यले एमेचोरहरुलाई एक दिन भएपछि गल्फ खेल्ने प्ल्याटफर्म दिएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रति आभारी रहेको बताए।
विश्वभर नै गल्फ खेलको विकास र प्रबर्धन गर्न विभिन् गल्फ टुर्नामेन्टको प्रायोजन गर्दै आएको ह्युण्डाईले पीजिए टुर अन्तर्गत टुर्नामेन्ट अफ दी च्याम्पिएन्स पनि प्रायोजन गर्दै आएको छ।