PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

​डीपिएल तीन साता पछि सर्‌यो, अब चैत २७ गतेदेखि हुने



पहिलोपोस्ट

​डीपिएल तीन साता पछि सर्‌यो, अब चैत २७ गतेदेखि हुने

काठमाडौं : आगामी शनिबार (चैत ५ गते)देखि हुने भनिएको धनगढी प्रिमियर लिग डीपिएलको मिती तीन साता पछि सरेको छ। नयाँ मितीअनुसार प्रतियोगिता अब चैत २७ गतेदेखि बैशाख ९ गतेसम्म सञ्चालन हुनेछ। यसअघि चैत ५ देखि १९ गतेसम्म सञ्चालन हुने तय थियो।
 
एसीसीले इमर्जिङ टीम्स कप २०१७ को खेल तालिका सार्वजनिक गरेसँगै उक्त प्रतियोगितामा नेपालले पनि भाग लिने भएका कारण प्रतियोगिताको मिति सारिएको धनगडी क्रिकेट एकेडेमीका अध्यक्ष तथा सुदूरपश्चिम क्रिकेट एकेडेमीका अध्यक्ष सुवास साहीले मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरेका छन्। 

एसीसी इमर्जिङ टीम्स कप यही मार्च २५ चैत १२ देखि बंगलादेशमा आयोजना हुँदैछ। जसमा एसियाका टेष्ट खेल्ने चार राष्ट्र सँगै नेपाल, हङकङ, अफगानिस्तान र मलेसियाको समेत सहभागिता रहनेछ। टेष्ट खेल्ने राष्ट्रा यु-२३ टीमले सहभागिता जनाउनेछन्।

सगरमाथा सिमेन्ट डीपिएल प्रतियोगिताका लागि राष्ट्रिय स्तरमा खेलाडीको अकसन गरिएको थियो। जसमा विभिन्न ६ शहरको नाम टीम बनाइएको छ। 

नेपाली क्रिकेटमा व्यवसायिकताको प्रवद्र्धन गरि नयाँ उचाई दिने उद्देश्य रहेको उक्त प्रतियोगिताको करिब ९० प्रतिशत तयारी सकिइसकेको पनि विज्ञप्तीमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell