PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

प्रहरी हिरासतबाट २६ वर्षअघि फरार भएका लामा प्रक्राउ



पहिलोपोस्ट

प्रहरी हिरासतबाट २६ वर्षअघि फरार भएका लामा प्रक्राउ

काठमाडौँ : प्रहरी हिरासतबाट २६ वर्षअघि फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

नुवाकोट ध्याङफेदी ६ घर भई हाल काठमाडौँको बौद्धमा बस्दै आएका ४९ वर्षीय फुर्पा लामालाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले मंगलबार पक्राउ गरेको हो। 

लामाले आफ्नै गाविसका २ जना बालिकालाई ललाइफकाई काठमाडौं ल्याएका थिए। त्यसपछि वीरगञ्जको बाटो बिक्री गर्ने मनसायले भारतको मुम्बई लैजाने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो। 

उनी २०४७ साल असार ८ गते नुवाकोटको खरानीटारबाट प्रहरी चियाखान गएको बेला आँखा छलेर भागेका थिए। लामालाई प्रहरीले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवलमा पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell