PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

​स्थानीय तह निर्वाचनः कसरी गर्ने मतदान?



रमेश वाग्ले

​स्थानीय तह निर्वाचनः कसरी गर्ने मतदान?

काठमाडौँ : संविधान जारी भएपछि निर्धारण भएको स्थानीय तहको चुनाव पहिलो पटक हुन लाग्दैछ। विगतका स्थानीय निकायमा भन्दा प्रतनिधित्वको प्रणाली र अधिकार क्षेत्रसमेत परिवर्तन गरेर हुन लागेको स्थानीय तह निर्वाचनमा प्रतनिधित्व कसरी हुन्छ? कसरी मतदान गर्ने? जस्ता जिज्ञासा आम नागरिकमा देखिएको छ। 

कसरी गर्ने प्रतिनिधिलाई भोट?

स्थानीय तह चुनावमा एउटा व्यक्तिले सात ठाउँमा मतदान गर्नुपर्छ। अर्थात् मतदाताले सातजना प्रतिनिधि छनौट गर्न सक्छन्।

स्थानीय तह अन्तर्गत गाउँपालिकाका मतदाताले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई एक-एक मत दिन पाउँछन् भने आफ्नो वडाका अध्यक्ष र चार जना सदस्यलाई मतदान गर्न पाउँछन्। 

त्यसरी मतदान गर्दा वडा सदस्यको हकमा खुल्लामा दुई जना निर्वाचित हुने हुँदा एक सदस्यलाई सम्बन्धित पार्टीको चुनाव चिन्ह हुन्छ भने अर्को सदस्यलाई सम्बन्धित पार्टीको दुईवटा चुनाव चिन्ह हुन्छ। दुबै सदस्य एउटै पार्टीको भए पनि सदस्यले भने मेरो चुनाव चिन्ह एउटा वा दुईटा भनेर प्रचार गर्नुपर्ने हुन्छ। 

संविधान अनुरुप भएको भए महिला सदस्यको हकमा पनि त्यस्तै मतदान प्रक्रिया अपनाउनुपर्थ्यो। तर स्थानीय तह निर्वाचन ऐनले दुई मध्ये एक महिला अनिवार्य दलित हुनुपर्ने व्यवस्था गरेपछि महिलाको हकमा त्यो अवस्था हुने छैन। 


कसरी हुन्छ प्रतिनिधित्व? 

स्थानीय तह चुनावमा अध्यक्ष र उपाध्यक्ष मध्ये एकजना अनिवार्य रुपमा महिला हुनुपर्ने छ। त्यसरी उम्मेद्वार प्रस्तुत राजनीतिक दलले अध्यक्ष र उपाध्यक्ष मध्ये जुन पदमा पनि महिला उम्मेद्वार बनाउन सक्छन् भने स्वतन्त्र उम्मेद्वारका हकमा पनि त्यही नियम लागू हुन्छ। यो नियम गाउँपालिका र नगरपालिका दुबैको हकमा लागू हुन्छ।

त्यसबाहेक वडाका उपाध्यक्ष खुल्ला हुने छ भने वडा सदस्यमा चार मध्ये दुई महिला अनिवार्य गरिएको छ। संविधानले दुई महिला मात्र भनेर उल्लेख गरेकोमा कानुनले एक स्टेप अघि बढेर दुई महिला मध्ये पनि एक दलित अनिवार्य गरेको छ। र, कुनै वडामा दलित महिला नभएमा त्यो पद नै खाली रहने व्यवस्था गरेको छ। त्यसैले महिलाको हकमा भने दुईवटा चिन्ह हुने छैन। 

त्यसबाहेक गाउँपालिका र नगरपालिकामा निर्वाचित सभाबाट निर्वाचित हुने दलित वा अल्पसंख्यक दुई जना निर्वाचित हुने व्यवस्था छ। उनीहरुको हकमा भने मतदाताले मतदान गर्न पाउने छैनन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell