PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

पाँच महिनापछि कांग्रेस केन्द्रीय समिति, पौडेलको पत्रको दुई सातापछि बैठक बोलाइयो



पहिलोपोस्ट

पाँच महिनापछि कांग्रेस केन्द्रीय समिति, पौडेलको पत्रको दुई सातापछि बैठक बोलाइयो

काठमाडौँ : पाँच महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक आह्वान गरिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले चैत १० गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेका हुन्। बैठकमा संसदमा विचाराधीन संविधान संशोधन प्रक्रिया, आसन्न स्थानीय तह निर्वाचन र पार्टीको संगठनात्मक विषयलगायतमा छलफल हुनेछ।

गत कात्तिक ९ गतेपछि सभापति देउवाले केन्द्रीय समिति बैठक बोलाएका थिएनन्। कांग्रेसलाई संस्थागत ढंगले अघि बढाउन सभापति नै बाधक बनेको, पार्टीलाई एकलौटी ढंगले संचालन गर्न खोजेको तथा पार्टीका निर्णय वैधानिक तहबाट नभई सभापतिको स्वविवेकबाट गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय समिति बैठक माग गर्दै आएको थियो। 


पौडेलले गरेको मागको सुनुवाई नभएपछि गत फागुन १४ गते शनिबार महामन्त्री डा। शशांक कोइरालाको निवास महाराजगन्जमा पौडेलपक्षले भेला नै गरेर पाँचबुँदे मागसहित केन्द्रीय समिति बैठक बोलाउन पौडेलले लिखित पत्र देउवालाई थामाएका थिए।


त्यस लगत्तै कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीे बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले केन्द्रीय समिति बैठक बोलाउन गरेको प्रस्तावमा सभापति देउवाले नकारात्मक जवाफ दिएका थिए। 

बैठकमा देउवाले भनेका थिए, ‘यतिकै आग्रह गरेको भए बोलाउँथेँ छुट्टै भेला गरेर दवाब दिएपछि अब किन बोलाउनेरु, मलाई मन लागेका बेला बोलाउँछु।’

देउवाका जवाफपछि पौडेल समूह निरीह बनेको थियो। 

देउवा सभापति भए लगत्तै केन्द्रीय समिति बैठक बसे पनि त्यसपछि बैठक पातलो मात्र बस्दै आएको छ। गत वर्ष चैत ४ गते पदभार ग्रहण गरेका देउवाले त्यसयता जम्मा चार वटा केन्द्रीय समिति बैठक मात्र राखेका छन्। केन्द्रीय समिति बैठक कात्तिक यता पहिलो पटक आगामी १० गते बस्न लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell