
प्रिमियर लिग च्याम्पियन लेस्टर सिटी स्पानिस क्लब सेभियालाई समग्रमा ३-२ ले पराजित गर्दै युरोपको प्रतिष्ठित क्लब फुटबल युरोपियन च्याम्पियन्स लिग (युसिएल)को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
अवे मैदानमा पहिलो लेग २-१ ले गुमाएको लेस्टरले मंगलबार घरेलु मैदानमा २-० को जित हात पार्दै अन्तिम आठमा स्थान बनाएको हो।
किंग पावर स्टेडियममा लेस्टरलाई जित दिलाउन कप्तन वेस मोर्गान र मानर्क अलब्रिगटनले गोल गरे।
७४ औं मिनेटमा समिर नास्री दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान बाहिरिएपछि सेभिया १० खेलाडीमा झरेको थियो। एक खेलाडी कम हुँदा पनि सेभयिाले ८० औं मिनेटमा गोल गर्ने मौका पाएको थियो। तर स्टेभेन एन जोन्सजीले प्रहार गरेको पेनाल्टी गोलरक्षक कयास्पर सेमिकलले रोक्दै लेस्टरको संक्ट टारेका थिए।
यस्तै अर्को खेलमा इटालियन च्याम्पियन युभेन्ट्सले पोर्चुगलको एफसी पोर्टोलाई दोस्रो लेगमा १-० ले पराजित गर्दै समग्रमा ३-० को जित निकाल्यो। घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन पाउलो डाएबलालो एक मात्र गोल गरे।
पोर्टोका म्याक्सिमिलियानो परेइराले ४० औं मिनेटमा पेनाल्टी एरियामा बल ह्याण्ड गर्दा सिधै रातो कार्ड बेहोरे भने युभेन्ट्सले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई डाएबलाले गोलमा परिणत गर्दै युभेन्ट्सलाई जित दिलाएका हुन्।
यसअघि स्पानिस क्लबद्वय बार्सिलोना रियल मड्रिड तथा जर्मन क्लबद्वय वायर्न म्युनिख र बोरुसिया डर्टमण्ड युसिएलको क्वाटरफाइनलमा पुगिसकेका छन्।
अब दुई टोलीको मात्र टुङ्गो लाग्न बाँकी छ। त्यसका लागि म्यानचेष्टर सिटी र मोनानको तथा एथ्लेटिको मड्रिड र बायर लेभरकुजनबीच बुधबार प्रतिस्पर्धा हुँदैछ।