PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

महिलाको अगुवाइमा मोटरबाटो, एक जनाले गरे एक लाख बराबरको श्रमदान



रासस

बेनी (म्याग्दी) : म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ।
 
जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका अवस्थामा आफ्नो क्षेत्रमा भने मोटरबाटो नआएको भन्दै महिला मोटरबाटो निर्माणमा जुटेका हुन्।
 
घार आमा समूहमा आबद्ध महिलाले श्रमदान गरेर साविकको ३ नं वडादेखि ४ नं सम्म पुग्ने एक किलोमिटर मोटरबाटो निर्माण गरेका हुन्।
 
एक महिनासम्म ६० जनाभन्दा बढी महिलाले श्रमदान गरेर मोटरबाटो निर्माण गरिएको समूहकी अध्यक्ष याममाया पुनले बताइन्। एक जनाले रु एक लाखबराबरको श्रमदान गरेको उनको भनाइ छ।
 
मोटरबाटो निर्माण भएपछि घारका २०० घरधुरी लाभान्वित भएका छन्। अवसर पाए महिलाले पनि सामाजिक क्षेत्रमा योगदान गर्न सक्ने उदाहरण घारका महिलाले प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell