PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

सिंहदरबारमा प्रधानमन्त्री र मधेसी मोर्चाका नेताहरु आकस्मिक छलफलमा



पहिलोपोस्ट

सिंहदरबारमा प्रधानमन्त्री र मधेसी मोर्चाका नेताहरु आकस्मिक छलफलमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको आकस्मिक बैठक सिंहदरबारमा बसिरहेको छ।

सरकारलाई दिएको समर्थन फिर्ताका लागि मोर्चाले दिएको सातदिने अल्टिमेटम हिजो सकिएको र अर्को आन्दोलनको तयारीमा रहेका बेला प्रधानमन्त्रीले नेताहरुलाई बोलाएका हुन्।

गत फागुन २५ गते पाँच बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै मोर्चाले सात दिने अल्टिमेटम दिएर माग पूरा नभए स्वतः समर्थन फिर्ता हुने बताएको थियो। अब भने मोर्चाले संसद्मा जानकारी नगराई आन्दोलनमा जाने तयारी थालेको हो।

आज दिउँसो तमलोपा कार्यालय, बिजुलीबजारमा  बस्ने बैठकले आन्दोलनको थप कार्यक्रम तय गर्ने मोर्चाका नेता तथा सद्भावना सह-अध्यक्ष लक्ष्मणलाल कर्णले बताए। उनले पहिलो चरणको कार्यक्रममा अन्तर्क्रिया र भण्डाफोर अभियान मात्र सञ्चालन हुने बताएका छन्। फाइल फोटो

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell