
ब्राजिलको एउटा फुटबल क्लबका गोलकिपर जेलबाट मुक्त भएपछि अहिले आलोचना खेपिरहेका छन्। यी गोलकिपरलाई सन् २०१० मा आफ्नी पूर्व प्रेमिकाको हत्या गरेको घटनामा दोषी ठहर्याइएको थियो।
ब्रुनो नामबाट चर्चित ब्रुनो फर्नान्डिसलाई सोमबार बोआ इस्पोर्ट (बोआ स्पोर्ट्स) ले रिहा गरेको छ।
उनको रिहालाई लिएर सामाजिक सञ्जालमा गम्भीर प्रतिक्रिया व्यक्त भइरहेका छन्। सन् २०१३ मा ब्रुनोलाई २२ वर्षको लागि जेल सजाय सुनाइएको थियो। त्यसबेला उनलाई आफ्नी पूर्वप्रेमिका एलिजा समुदियोको अपहरण गरी हत्या गरेको आरोपमा दोषी ठहर्याइको थियो।
तर यस घटनालाई लिएर गरिएको एउटा अनुरोधका कारण उनलाई रिहा गरिएको हो।
एलिजा समुदियोको अपहरण गरी हत्या गरेको घटना त्यतिबेला ब्राजिलका मिडियाभरि छाएको थियो।
सन् २०१० मा ब्रुनो फर्नान्डिस फर्स्ट डिभिजन फुटबल क्लब फ्लामेंगोका सफल गोलकिपर हुन्। उनलाई २०१४ मा भएको फिफा विश्वकपको फाइनल खेलमा देख्न सकिने सम्भावना पनि कतिपयले गरेका थिए।
बिबिसीका अनुसार उनले आफ्नो बयानमा एलिजा समुदियोको घाँटी रेटेर हत्या गरेको कुरा स्वीकार गरेका थिए। साथै प्रेमिकाको अवशेष कुकुरलाई खुवाएको कुरा पनि उनले स्वीकारेका थिए।
ब्रुनो फर्नान्डिसले आफ्नी प्रेमिकाको हत्या गरेको घटनाबारे अनुसन्धानकर्ताहरुले केही कुरा पत्ता लगाएका छन्। आफ्ना बच्चालाई दिइने भत्ताबाट उनी बच्न चाहेको कुरा पनि अनुसन्धानकर्ताले बताएका छन्।
घटनापछि ब्रुनोले हत्या आरोपबारे अस्वीकार गर्दै आएका थिए। तर अनुसन्धानपछि उनले हत्यामात्रै होइन शव लुकाउने र छोराको अपहरणमा पनि दोषी पाइएका थिए। अन्तिममा आएर उनले घटनाबारे यथार्थ जानकारी दिएका थिए।
जीवनको केही समय जेलमा बिताएपछि उनी बोआ इस्पोर्टसँगै फुटबल करियरमा फेरि फर्किने भएका छन्। बोआ इस्पोर्टका अध्यक्ष रोना माराएज द कोस्टाले फेसबुक लेखेका छन्, 'क्लबले ब्रुनोलाई मदत गर्ने कोसिस गरिरहेको छ। तर जेलबाट उनलाई मुक्ति दिलाउनमा क्लबको कुनै भूमिका छैन।'