PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

अमेरिकी डलरको भाउ एकै दिन डेढ रुपैयाँ झर्‍यो



पहिलोपोस्ट

अमेरिकी डलरको भाउ एकै दिन डेढ रुपैयाँ झर्‍यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारलाई दिएको रिफरेन्स रेटभन्दा पनि एक रुपैयाँ ५८ पैसा झरेर डलरको मूल्य तय भएको छ। राष्ट्र बैंकले १०६ रुपैयाँ १८ पैसा तोके पनि बैंकहरुले १०४ रुपैयाँ ६० पैसासम्म कारोबार गरिरहेका छन्।

भारतीय रुपैयाँ बलियो बन्दै गएपछि अमेरिकी डलर कमजोर भएको हो। भारतीय मुद्रासँग नेपाली रुपैयाँको स्थिर विनिमय दर (भारु १०० बराबर नेपाली १६० रुपैयाँ) भएका कारण भारु बलियो हुँदा नेपाली रुपैयाँको पनि भाउ बढ्छ।

बुधबार नबिल बैंकले १०४ रुपैयाँ ६० पैसामा कारोबार गरिरहेको छ भने नेपाल एसबिआई बैंकले १०५ रुपैयाँ २० पैसासम्म कारोबार गरिरहेको छ। अरु बैंकले यही बीचमा बसेर कारोबार गरिरहेका छन्।

अमेरिकी डलर कमजोर हुँदा आयातमुखि नेपालको अर्थतन्त्रलाई फाइदा पुग्छ। तर अर्थतन्त्र चलायमान बनाउने रेमिटेन्स पठाउनेहरुलाई भने घाटा हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell