वीरगन्ज : बाराको महागढीमाई नगरपालिकामा स्थानीयहरुले आज बिहान तालाबन्दी गरेका छन्।
नगरपालिकाको साविक वडा नं ६ पत्रहट्टी र वडा नं ९ बबुआइनलाई नयाँ संरचनाअनुसार वडा नं ६ मा गाभेको विरोधमा स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको महागढीमाई नगरपालिकाका वासिन्दा मिश्रीलाल शाहले बताए।
आफूहरुले छुट्टाछुट्टै वडाको लागि माग गर्दासमेत सरकारले बेवास्ता गरेको वडावासीहरुको आरोप छ।