PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

पर्सामा साढे १२ किलो चरेससहित एक पक्राउ



पहिलोपोस्ट

पर्सामा साढे १२ किलो चरेससहित एक पक्राउ

वीरगञ्ज : सशस्त्र प्रहरी पर्साले भारततर्फ तस्करी गरी लैजाँदै गरेको अवस्थामा साढे १२ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। 

सीमा सुरक्षा कार्यलय पर्साअन्तर्गत बोडर आउट पोष्ट भिस्वाको टोलीले गोप्य सूचनाको अधारमा पर्सा, जयमंगलापुर वडा नं ३ बस्ने प्रभु यादवलाई पक्राउ गरेको हो। 

साइकलमा चरेस लोड गरी भिस्वाबाट भारतीय बजार सिकटातर्फ जाँदै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका यादवलाई साइकल र चरेससहित जिल्ला प्रहरी कार्यालयमा बुझाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुरले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell