PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

दमास्कस खानेपानी स्रोतमा अवरोध गरिनु युद्ध अपराध : संयुक्त राष्ट्र सङ्घ



पहिलोपोस्ट

दमास्कस खानेपानी स्रोतमा अवरोध गरिनु युद्ध अपराध : संयुक्त राष्ट्र सङ्घ

जेनेभा (स्वीट्जरल्यान्ड) : गत डिसेम्बरमा सिरियाली राजधानी दमास्कसमा बसोबास गर्ने ५० लाख नागरिकलाई खानेपानीबाट वञ्चित गरिने गरी ऐन अल फिजेहमा रहेको पानीको स्रोतमा राष्ट्रपति बसर अल असद पक्षले गरेको विस्फोट ‘युद्ध अपराध’ भएको संयुक्त राष्ट्र सङ्घले मङ्गलबार जनाएको छ। 

घटनाको वास्तविकता छानबिनका लागि बनेको राष्ट्रसङ्घीय अनुसन्धान आयोगले ऐन अल फिजेहमा सिरियाली वायु सेनाद्वारा आक्रमण गरेको ठहर गर्दै यो युद्ध अपराध भएको अनुसन्धान प्रतिवेदनको भनाई आएको हो। 

प्रतिवेदनले सिरियाली सरकारद्वारा उक्त घटनामा विद्रोहीको संलग्नता रहेको भन्ने भनाईमा सत्यता नरहेको भन्दै यसको खण्डन गरिएको छ। 

डिसेम्बरमा भएको उक्त आक्रमणपछि सरकारी सेनाले पानीको स्रोतलाई प्रदूषित पार्न विद्रोहीद्वारा पानीको सङ्कलन केन्द्रमा आक्रमण भएको बताए पनि विद्रोहीले घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको थियो। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell