PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

फिल्म 'मीरा' युट्युबमा



पहिलोपोस्ट

काठमाडौं: नेपाली अल्ट्रा म्याराथन धावक मीरा राईको जीवनमाथि बनेको फिल्म ‘मिरा’ सार्वजनिक भएको छ। फिल्म सोमबार युट्युबमार्फत रिलिज भएको हो। नेपाली भाषामा अनुवादित फिल्म सार्वजनिक भएको हो।

ट्रायल रनिङ नेपालको सहकार्यमा बनेको फिल्मलाई फिल्म निर्माण युनिटले अफिसियल रिलिज गर्‍यो। 'मीरा'लाई लोइड बेल्चरले निर्देशन गरेका हुन्। युट्युब रिलिजअघि फिल्म नेपाल, हङकङ, अष्ट्रेलिया, स्पेन, इटालीलगायतका देशमा भएका फिल्म महोत्सवमा प्रदर्शन भएको थियो।

१४ वर्षको उमेरमै माओवादी कार्यकर्ता बनेकी मीराले घर छोडेदेखिको कथा फिल्ममा समावेश छ। उनले नेशनल जोग्राफिकको ‘एड्भेन्चार अफ दी इयर २०१७’ को उपाधि जितेकी हुन्।

हेर्नुस् पूरा फिल्म: 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell