PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

भोजपुर परिवार दक्षिण कोरियाबाट अग्निपीडितलाई राहत



रासस

भोजपुर परिवार दक्षिण कोरियाबाट अग्निपीडितलाई राहत

भोजपुर : भोजपुर परिवार दक्षिण कोरियाबाट प्राप्त भएको राहत रकम प्राकृतिक प्रकोपपीडित तथा अग्निपीडितलाई वितरण गरिएको छ। 

कोरियाबाट प्राप्त पाँच लाख ८८ हजार राहत रकम मङ्गलबार एक कार्यक्रमबीच पीडितलाई क्षतिको आधारमा वितरण गरिएको हो। भोजपुर जिल्ला घर भई कोरियामा कार्यरत नेपालीबाट सङ्कलित एकमुष्ट रकम भोजपुर परिवार, दक्षिण कोरियाका प्रतिनिधि सुनिल बान्तावा र लोकेश आलेले प्रजिअ एवम् जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक गोमादेवी चेम्जोङलाई हस्तान्तरण गरेका थिए। 

यसैबीच, उद्योग वाणिज्य सङ्घ भोजपुरले समेत सङ्कलन गरेको रु एक लाख १३ हजार सातसय ९६ मङ्गलबार नै हस्तान्तरण गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell