PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

मूर्ति तथा पासाका गोटीसहित दुई जना पक्राउ



पहिलोपोस्ट

मूर्ति तथा पासाका गोटीसहित दुई जना पक्राउ

काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले वन्यजन्तुको आखेटोपहारबाट निर्मित मुर्ति तथा पासाका गोटीसहित दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ५४ वर्षीय सफलता प्रकाश र ३३ वर्षीय सुदर्शन खड्गी रहेका छन्। प्रहरीले उनीहरुलाई विशेष सूचनाको आधारमा मङ्गलबार रविभवनबाट वन्यजन्तुको आखेटोपहारबाट निर्मित देवी देवताका मुर्ति आकृति भएका वस्तु चार थान, पासा चार थान, पासाका ३७ थान गोटीसहित पक्राउ गरेको हो।

उनीहरुलाई थप अनुसन्धान एवं कारबाहीका लागि मङ्गलबार जिल्ला वन कार्यालय हात्तीसारमा बुझाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell