PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

लोडसेडिङ अन्त्य नै उज्यालो युगको सुरुवात : प्रधानमन्त्री



पहिलोपोस्ट

लोडसेडिङ अन्त्य नै उज्यालो युगको सुरुवात : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अँध्यारो युगको अन्त्य भई उज्यालो युगको सुरुवात भएको बताएका छन्।
 
औषधि विक्रेताहरुको संस्था नेपाल औषधि बिक्री प्रबन्धक संघले गरेको सम्मान ग्रहण गर्दै उनले लोडसेडिङ अन्त्य उज्यालो युगको सुरुवातको प्रतीक भएको बताए। ‘यो प्रतीकात्मक रुपमा अँध्यारो युगबाट उज्यालोमा लैजाने युर्गको सुरुआत हो,’ उनले भने, ‘देशलाई पछौटे राख्नु हुँदैन, नयाँ गतिमा देशलाई अगाडि बढाउनुपर्छ भन्ने संकल्प हो।’
 
अन्धकारबाट मुक्त हुँदा नेपालमा विभिन्न खालका औषधि सुरक्षित राख्न सकिएकाले व्यवसायी र बिरामीलाई ठूलो राहत पुगेको संगठनका अध्यक्ष सुजित दत्तले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell