PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

म्याग्दीका दुई विद्यार्थी विद्यालयबाटै वेपत्ता



रासस

बाबियाचौर (म्याग्दी) : म्याग्दीको हिस्तानका दुई बालक विद्यालयबाटै बेपत्ता भएका छन्। हिस्तानको मण्डली प्राविको कक्षा ४ मा पढ्ने १० वर्षीय राजकुमार बिक र ८ वर्षीय सुवास रन्तिजा मङ्गलबार दिउँसोदेखि बेपत्ता भएका हुन्। 

दिउँसो १ बजे छुट्टीको समयमा विद्यालयबाट निस्किएका उनीहरु अहिलेसम्म फेला नपरेको आदर्श मावि, रीमा स्रोतकेन्द्रका स्रोतव्यक्ति भरतकुमार पुनले जानकारी दिए। विद्यालय पोशाक र झोलासहित रहेका उनीहरु घर नगएपछि अभिभावक र शिक्षकले प्रहरीमार्फत खोजी गरिरहेका छन्। 

खोजी गर्ने क्रममा उनीहरुले मङ्गलबार साँझ पर्वतको मल्लाज लामाखेतमा रहेका आफन्तकहाँ झोला राखेको पाइएको छ। तर उनीहरुको अवस्था पहिचान हुन नसकेकाले प्रहरीमार्फत खोजी तीव्र पारिएको स्रोतव्यक्ति पुनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell