PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

महिन्द्राका गाडीहरु अब अनलाइनबाटै किन्न मिल्ने, काठमाडौं र विदेशबाट अनलाइन बुकिङ सुरु



पहिलोपोस्ट

महिन्द्राका गाडीहरु अब अनलाइनबाटै किन्न मिल्ने, काठमाडौं र विदेशबाट अनलाइन बुकिङ सुरु

काठमाडौँ : महिन्द्रा गाडी तथा ट्रयाक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले महिन्द्रा गाडीहरुको अनलाइन बुकिङ सुरु गरेको छ।

www.onlineagni.com वेवसाइटमा महिन्द्रा गाडीका बारेमा सबै जानकारी राखिएको कम्पनीले प्रेस विज्ञप्तीमार्फत जनाएको छ। कम्पनीका अनुसार वेवसाइटमा गाडीका मोडलहरु र मूल्यबारे जानकारी दिइएको छ।

ग्राहकलार्इ अनलाइन नै किन्ने सुविधा पनि कम्पनीले दिएको छ। कुनै मोडेल मन परेमा इ-सेवाबाट खरिद गरी भौचर लिन मिल्ने समेत विज्ञप्तिमा उल्लेख छ। 

यसअन्तर्गत महिन्द्राका एक्सयुभी ५००, टियूभी ३००, केयूभी १००, स्कोर्पियो, थारका साथै महिन्द्रा गस्टो स्कुटरको  अनलाइन बुकिङ सुरु गरिएको हो। कम्पनीका अनुसार यो सुविधा हालको लागि काठमाडौं उपत्यका र विदेशमा मात्र दिइने छ।

सुरुवाती चरणमा काठमाडौं उपत्यकामा अनलाइन बुकिङ थालिएको र यसले ग्राहकसँगको निकटता बढाउँदै लैजाने प्रेस विज्ञप्तिमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell