PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

दीपक रौनियार टप ९ निर्देशकको लिस्टमा



पहिलोपोस्ट

दीपक रौनियार टप ९ निर्देशकको लिस्टमा

काठमाडौँ : फिल्म सेतो सूर्यका निर्देशक दीपक रौनियार टप ९ निर्देशकको लिस्टमा परेका छन्। फिल्म सोसाइटी अफ लिन्कन सेन्टर म्युजियम अफ मोडर्न आर्ट्स ल्यान्डले संयुक्त रुपमा '९ हेर्नै पर्ने फिल्म निर्देशक'को नाम सार्वजनिक गरेको हो।

रौनियारको ‘सेतो सूर्य’ले तत्कालिन जनयुद्ध बेलामा बालबालिकामा परेको मनोवैज्ञानिक असर र उनीहरुको नजरबाट त्यो बेलाको परिस्थितिलाई हेर्ने दृष्टिकोण माथी बनेको फिल्म हो। फिल्ममा दयाहाङ राईसंगै दुई बालकलाकार सुमी मल्ल र अमृत परियार मुख्य भूमिकामा देखिएका छन्। फिल्ममा आशा मगराती, रविन्द्र सिंह बाँनिया, दिपक क्षेत्री, देशभक्त खनालको पनि अभिनय रहेको छ।

सिंगापुरमा उत्कृष्ट घोषणा भएको फिल्मलाई नेपालका लागि इन्टरनेशनल माउन्टेन फिल्म फोस्टिवलमा प्रिमियर गरिएको थियो।

न्युयोर्क्स टाइम्सले जनाए अनुसार उदयमान नयाँ फिल्मकर्मी/ निर्देशकहरु यी हुन्:

१. सन् २०१७ का लागि फिल्म प्याट्टी केकका निर्देशक 'गेरेमी जास्पर'

२. फिल्म द च्यालेन्ज निर्देशक 'युरी आन्कारानी'। फिल्म सन् २०१६ मा प्रदर्शन भएको थियो।

३. फिल्म सेतो सूर्यका निर्देशक 'दीपक रौनियार'।

४. चाइनिज ड्रामा द समर इज गनका निर्देशक 'डाली झाङ'।

५. बिच र्याट्स निर्देशक 'एलिजा हिट्सम्यान'।

६. 'डाऔडा कौलीबाली' जसले २०१६मा थ्रिलर जानराको फिल्म युलु निर्देशन गरेका हुन्।

७. फिल्म अराबियाका लेखक तथ निर्देशका 'जोआओ डुम्यानस' र 'अफोन्सो उक' हो।

८. डकुमेण्ट्री क्वेस्टका निर्देशक 'जोनाथना'।

९. माइ ह्याप्पी फेमिलीका निर्देशक 'नाना एक्टिमिश्विली' र 'सिमोन ग्रोस्स'।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell