
मेलबर्नबाट बेजिङतर्फ गइरहेको एउटा विमानमा हेडफोन पड्किँदा एक महिलाको अनुहार जलेको छ।
विमानमा रहेका यात्रुका अनुसार ती महिला गीत सुन्दासुन्दै निदाएकी थिइन्। त्यसै बेला यो घटना भएको थियो।
हेडफोन पड्किएको आवाज सुनेर उनी तुरुन्त व्यँझिइन् र हेडफोन झिकेर फर्समा फालिन्।
पीडित महिलाले भनिन्, 'मैले आफ्नो अनुहारमा हात राख्दा हेडफोन मेरो गलामा टाँसियो, त्यो जलिरहेको थियो, मैले चाँडै त्यसलाई निकालेँ, त्यसबाट धुँवा आइरहेको थियो र आगो पनि बलिरहेको थियो।'
ती महिलाको अनुहार र हात नराम्ररी जलेको थियो।
घटनापछि क्रु मेम्बर चाँडै त्यहाँ आइपुग्यो र फर्समा पानी हालेर आगो निभायो। त्यतिबेलासम्म हेडफोन पग्लेर फर्समा चिप्किसकेको थियो।
अस्ट्रेलियन ट्रान्सपोर्ट अथोरिटीले घटनापछि उडानका क्रममा ब्याट्रीबाट सञ्चालित हुने डिभाइसलाई लिएर सूचना जारी गरेको छ।