PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

धर्ना दिन आयोग पुगेका द्वन्द्वपीडितमाथि प्रहरी अवरोध, ८ फोटोमा

धर्ना दिन आयोग पुगेका द्वन्द्वपीडितमाथि प्रहरी अवरोध, ८ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्व पीडितका पक्षमा भन्दा पनि राजनीतिक दलको पक्षमा काम गर्दै उसका कार्यकर्ता जोगाउन लागिपरेको भन्दै द्वन्द्वपीडितहरु बुधबार ब्यानर सहित आयोगमा धर्ना दिन पुगे। तर उनीहरुलाई कार्यालय परिसर प्रवेश गरेसँगै प्रहरीले रोक्यो। केही बेर अवस्था तनावपूर्ण बन्यो।
 
प्रहरीले पीडितहरुलाई रोकेपछि आयोगका सदस्यहरु नै बाहिर आए। र, उनीहरुसँग कुरा गरे। तर पीडितहरुले सदस्यहरु झगडा गर्ने, अध्यक्ष आयोगमै उपस्थित नहुने नाटक गरेर पीडितलाई न्यायबाट वञ्चित गर्न नहुने भन्दै पदाधिकारीविरुद्ध आक्रोश पोखे।
 
द्न्द्वपीडितहरुले केही दिनपछि पुन: धर्नाका लागि आउने भन्दै त्यति बेला पनि आयोगसँग जवाफ नभए तालाबन्दी गर्ने र आयोगले न्याय दिन नसकेको विषय अन्तराष्ट्रियकरण गर्ने चेतावनी दिएका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell